मार्चमा भित्रिए झन्डै एक लाख पर्यटक

काठमाडाैं | चैत १९, २०७९

मार्चमा भित्रिए झन्डै एक लाख पर्यटक

काठमाडौं:  सन् २०२३ को मार्च महिनामा नेपालमा झन्डै एक लाख पर्यटक भित्रिएका छन्। 

 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा कुल ९९ हजार चार सय २६ जना पर्यटक भित्रिएका हुन्।

 

यो संख्या अघिल्लो महिनाको तुलनामा २६ हजार एक सय ७१ जनाले बढी हो। गत फेब्रुअरीमा ७३ हजार दुई सय ५५ जना पर्यटक भित्रिएका थिए। 

 

सन् २०२३ को मार्च महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन्। मार्चमा २५ हजार नौ सय ११ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्। 

 

त्यस्तै, अमेरिकाबाट ९ हजार पाँच सय ५७, बेलायतबाट ६ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९ र श्रीलंकाबाट तीन हजार आठ सय ९८ जना पर्यटक भित्रिएका छन्। 

 

नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै ३३.६ प्रतिशत सार्क मुलुकका पर्यटक छन्। युरोपेली राष्ट्रहरूबाट २३.४ प्रतिशत र अमेरिकी मुलुकबाट ११.३ प्रतिशत पर्यटक भित्रिएका छन्। 

 

सन् २०२३ को सुरुआतिदेखिको तथ्यांक हेर्दा पर्यटक भित्रने संख्या मासिक रूपमा बढ्दै छ। 

 

फेब्रुअरीको तुलनामा जनवरीमा नेपाल भित्रने पर्यटक संख्या कम थियो। जनवरीमा जम्मा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए। यस हिसाबमा पछिल्लो समय पर्यटक आगमको संख्यामा सुधार हुँदै गएको देखिन्छ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्